मंगलवार, फाल्गुन १९,२०८२ 05:35:03
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 05:35:03
Bizshala
Global IME Bank Limited

खाडीमा आगो, अमेरिकाको खल्तीमा धक्का : चार दिनमै अर्बौं डलर स्वाहा !

Hyundai Nepal
खाडीमा आगो, अमेरिकाको खल्तीमा धक्का : चार दिनमै अर्बौं डलर स्वाहा !
Shivam Cement

काठमाण्डौ । अमेरिका र इजरायल मिलेर इरान विरुद्ध सुरु गरेको सैन्य कारबाही चौथो दिनमा प्रवेश गरेको छ। दुवै पक्षले एकअर्काका सामरिक आधार, मिसाइल संरचना र सामरिक पूर्वाधारमाथि आक्रमण तीव्र बनाएसँगै युद्ध खाडी क्षेत्रका अन्य भागमा समेत फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

Donald Trumpले इरानविरुद्धको ‘अपरेशन एपिक फ्युरी’ कम्तीमा चार हप्तासम्म चल्न सक्ने संकेत दिएका छन्। उनले अमेरिका दीर्घकालीन युद्ध लड्न सक्षम रहेको दाबी गरे पनि यसको आर्थिक मूल्य भने चर्को बन्दै गएको छ।

पहिलो २४ घण्टामै ७७९ मिलियन डलर खर्च

तुर्कीको सरकारी समाचार एजेन्सी Anadolu Agencyका अनुसार अपरेशन सुरु भएको पहिलो २४ घण्टामै अमेरिकाले करिब ७७९ मिलियन अमेरिकी डलर खर्च गरेको छ। आक्रमणअघि सैन्य तयारी, हवाईजहाज पुनःस्थापन (repositioning), नौसैनिक जहाज र क्षेत्रीय सम्पत्ति तैनाथीमा थप ६३० मिलियन डलर खर्च भएको Al Jazeeraले उल्लेख गरेको छ।

विश्लेषकहरूका अनुसार प्रारम्भिक आक्रमणमा सबैभन्दा ठूलो खर्च लडाकु विमानको परिचालनमा भएको छ। अमेरिकाले एफ–१८, एफ–१६, एफ–२२ र एफ–३५ जस्ता अत्याधुनिक लडाकु विमान प्रयोग गरेको बताइएको छ। यी विमानको परिचालनमै करिब २७१ मिलियन डलर बराबर खर्च भएको अनुमान छ।

यसका अतिरिक्त ईए–१८जी ग्राउलर (इलेक्ट्रोनिक वारफेयर), ए–१०सी थन्डरबोल्ट आक्रमण विमान, एमक्यू–९ रीपर ड्रोन र अन्य मानवविहीन युद्ध प्रणाली प्रयोग गरिँदा खर्च झनै बढेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विमानवाहक पोतको दैनिक खर्च ६.५ मिलियन डलर

अमेरिकी नौसेनाको खर्च झनै महँगो मानिन्छ। रक्षा विश्लेषण संस्था Center for a New American Securityका अनुसार USS Gerald R. Ford जस्ता क्यारियर स्ट्राइक ग्रुप सञ्चालन गर्न प्रतिदिन करिब ६.५ मिलियन डलर खर्च लाग्छ। यदि यस्ता एकभन्दा बढी समूह खाडी क्षेत्रमा हप्तौँसम्म तैनाथ गरिए भने कुल लागत अर्बौं डलर पुग्ने देखिन्छ।

मिसाइल प्रतिरक्षा प्रणाली, ड्रोन निगरानी, इन्धन, रसद आपूर्ति र गुप्तचर संरचना सञ्चालनले खर्चलाई अझै माथि धकेल्ने रक्षा विज्ञहरूको आकलन छ।

अफगानिस्तानको अनुभव : ट्रिलियन डलरको बोझ

यसअघि अमेरिकाले अफगानिस्तानमा करिब २० वर्ष लामो युद्ध लड्दा ट्रिलियन डलर खर्च गरेको थियो। विभिन्न अध्ययनअनुसार अमेरिकी संसदले रक्षा मन्त्रालयलाई अफगानिस्तान अपरेशनका लागि मात्रै १ ट्रिलियन डलरभन्दा बढी विनियोजन गरेको थियो। अन्य अप्रत्यक्ष खर्च जोड्दा यो रकम २.३ ट्रिलियन डलरभन्दा माथि पुगेको आँकडा सार्वजनिक भइसकेको छ।

युद्धमा सहभागी पूर्वसैनिकको स्वास्थ्य हेरचाह तथा पुनर्स्थापनामा सन् २०५० सम्म थप २ ट्रिलियन डलरसम्म खर्च हुन सक्ने अनुमान गरिएको छ।

दीर्घकालीन प्रभाव : विश्व अर्थतन्त्रमा दबाब

अन्तर्राष्ट्रिय ऊर्जा बजारमा खाडी क्षेत्रको संवेदनशीलता उच्च भएकाले युद्ध लम्बिँदा कच्चा तेल र सुनको मूल्यमा अस्थिरता बढ्ने संकेत देखिएको छ। भू–राजनीतिक तनावका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भइरहेका छन्।

विश्लेषकहरूका अनुसार यदि ‘अपरेशन एपिक फ्युरी’ चार हप्ताभन्दा लामो समयसम्म जारी रह्यो भने अमेरिकाको दैनिक खर्च अरबौं डलरमा पुग्नेछ, जसले संघीय बजेट घाटा, ऋणभार र विश्व वित्तीय बजारमा थप दबाब सिर्जना गर्न सक्छ।

युद्धको रणनीतिक परिणाम जेसुकै भए पनि यसको आर्थिक मूल्य भने विश्व अर्थतन्त्रले समेत बेहोर्नुपर्ने स्पष्ट देखिएको छ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.