शनिबार, बैशाख १३,२०८२ 10:45:22
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 10:45:22
IME remit
Global IME Bank Limited

कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना

Hyundai Nepal
कुमारी बैंकको २३ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति आभार व्यक्त  गरेको छ ।  

बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न “परम्परागत भेषभुषा”पहिरन गरि वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाकमार्फत सांस्कृतिक पहिचान गर्न मदत पु¥याएको बैंकले जनाएको छ ।  

कुमारी बैंकले आफ्ना देशव्यापी रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरु प्रवाह गर्दै आएको छ । आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ जगतलाई डिजिटल बैंकिङतर्फ अग्रसर गराउन प्रतिबद्ध रहेको बैंकले उल्लेख गरेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.