बुधबार, चैत्र ११,२०८२ 04:24:06
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 04:24:06
Bizshala
Global IME Bank Limited

सत्तामा ‘साइत’को इन्ट्री, बालेनले तोड्दैछन् पुरानो परम्परा !

Hyundai Nepal
सत्तामा ‘साइत’को इन्ट्री, बालेनले तोड्दैछन् पुरानो परम्परा !
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन)को प्रधानमन्त्री पदको सपथग्रहणका लागि शुक्रबार (चैत १३ गते) मध्याह्न १२:३४ बजेको समय प्रस्ताव गरिएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

स्रोतका अनुसार सो समयलाई ज्योतिषीय हिसाबले अनुकूल मान्दै राष्ट्रपति कार्यालयलाई त्यही साइतमा सपथग्रहण आयोजना गर्न आग्रह गरिएको छ। उक्त दिन रामनवमी पनि परेकाले समारोहलाई थप प्रतीकात्मक र सांस्कृतिक महत्व प्राप्त हुने अपेक्षा गरिएको छ।

ज्योतिषविद्हरूका अनुसार मध्याह्नको उक्त समय अभिजित मुहूर्त नजिक पर्ने भएकाले राज्यका महत्वपूर्ण निर्णय, पदग्रहण र नयाँ सुरुवातका लागि शुभ मानिन्छ। शुक्रबार परेकाले शुक्र ग्रहको प्रभाव रहने र यसले लोकप्रियता, आकर्षण तथा जनसमर्थनमा सकारात्मक संकेत दिने विश्वास गरिएको छ।

त्यसैगरी, ग्रहगोचरका आधारमा चन्द्रमाको अवस्था मनोवैज्ञानिक स्थिरता र जनभावनासँग सम्बन्धित पक्षमा सहयोगी रहने, तथा बृहस्पतिको प्रभाव नीति तथा निर्णय प्रक्रियामा सकारात्मक मानिने विश्लेषण गरिएको छ।

सपथग्रहण समारोहलाई सांस्कृतिक रूपमा पनि विशेष बनाउन तयारी भइरहेको जनाइएको छ। कार्यक्रमस्थलमा १०८ जना बटुकद्वारा स्वस्तीवाचन, बौद्ध परम्पराअनुसार लामा गुरुहरूबाट मंगलपाठ, तथा ब्राह्मणद्वारा शंखनाद गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

यसलाई धार्मिक तथा सांस्कृतिक सहअस्तित्वको सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बालेन शाह शहरी प्रशासनमा सक्रिय भूमिका निर्वाह गरिसकेका र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेतृत्वका रूपमा चिनिन्छन्। उनको सम्भावित नेतृत्वलाई लिएर राजनीतिक वृत्तमा नयाँ शैली र कार्यपद्धतिको अपेक्षा व्यक्त गरिएको छ।

शुक्रबार मध्याह्न हुने सपथग्रहण समारोहप्रति अहिले राजनीतिक तथा सर्वसाधारण दुवैको ध्यान केन्द्रित भएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.