Bizshala
  • शुक्रबार, चैत्र १३,२०८२ 02:54:23
Bizshala
Global IME Bank Limited

बालेनले प्रधानमन्त्रीको सपथ लिए, ४ पूर्व प्रम पुग्दा ओली भने अनुपस्थित

Hyundai Nepal
बालेनले प्रधानमन्त्रीको सपथ लिए, ४ पूर्व प्रम पुग्दा ओली भने अनुपस्थित
Shivam Cement

काठमाण्डौ । बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरेका छन् । रास्वपा संसदीय दलका नेताको हैसियतमा उनी देशको कार्यकारी नेतृत्वमा पुगेका हुन् ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराबाट प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना हो । 

त्यस्तै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्तिका रूपमा पनि बालेनले इतिहास रचेका छन् ।

शपथ समारोह राजनीतिक रूपमा पनि निकै अर्थपूर्ण रह्यो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएर नयाँ नेतृत्वप्रति चासो र समर्थनको संकेत दिएका छन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

तर, केपी शर्मा ओली समारोहमा अनुपस्थित रहे भने शेरबहादुर देउवा विदेशमा रहेका कारण उपस्थित हुन सकेनन् ।

समग्रमा, बालेनको उदयले नेपालको राजनीतिमा पुस्तान्तरण, नयाँ शक्ति सन्तुलन र वैकल्पिक नेतृत्वको उदयलाई संकेत गरेको छ । अब उनको नेतृत्वमा सरकारको कार्यशैली कस्तो हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.