शुक्रबार, श्रावण १,२०८३ 12:00:56
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:00:56
Bizshala
Global IME Bank Limited

सरकारले ल्याउन लागेको बजार सुधार कार्ययोजना: अटोमेटिक इडीआईएसदेखि एनआरएनको दोश्रो बजार प्रवेशसम्मका विषय

सरकारले ल्याउन लागेको बजार सुधार कार्ययोजना: अटोमेटिक इडीआईएसदेखि एनआरएनको दोश्रो बजार प्रवेशसम्मका विषय
New Office

काठमाण्डौ । पूँजीबजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रीको निर्देशनमा कार्ययोजना तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ ।  

सरकारले समयसीमा नै तोकेर बजारसँग सम्बन्धित महत्वपूर्ण विषय कार्यान्वयनका लागि सम्बद्ध निकायलाई निर्देशन दिने गरी कार्ययोजना बनाइरहेको स्रोतले जनाएको छ ।  

अर्थमन्त्रीनिकट उच्च स्रोतका अनुसार कार्ययोजनाका केही बुँदाहरु बजारमा कायापलट गर्ने खालका छन् । समग्रमा लगानीकर्ताको मनोबल बढाएर बजार चलायमान बनाउने र त्यसको सहयोगमा अर्थतन्त्रलाई समेत चलायमान बनाउने गरी गृहकार्यहरु भइरहेको बुझिएको छ । 

हालसम्म तयार भई बिजशालालाई प्राप्त १४ बुँदे कार्ययोजनामध्ये लगानीकर्ताले आफ्नो युजरआईडी र पासवर्ड प्रयोग गरी कारोबार ब्यवस्थापन प्रणालीबाट गरेको सेयर बिक्रीको स्वतः ईडिआईएस हुने व्यवस्था गरिँदैछ ।  

यस्तै, सेयर दलालमार्फत मार्जिन कारोबार बढीमा एकसाताभित्र शुरु गर्ने र मार्जिन कारोबार संचालनको स्वीकृति माग गर्ने दलालहरुलाई नेप्सेले तत्काल स्वीकृति दिने व्यवस्था समेत हुँदैछ।  

सेयर लिलामको अनलाईन बिडिड. प्रणाली निर्माण गरी छिटोमा ३० दिनभित्र कार्यान्वयनमा ल्याउने गरी मातहतका निकायलाई निर्देशन दिइँदैछ ।  

कम्पनीहरुको साधारणसभा भिडियो कन्फरेन्सको आधारमा समेत हुने र प्रस्ताबहरु पारित गर्ने र संचालक निर्वाचनका लागि अनलाईन भोटिङका लागि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले आबश्यक ब्यवस्था मिलाउने गृहकार्य पनि हुँदैछ ।

गैरआवासीय नेपालीहरुले दोस्रो बजारमा लगानी गर्ने कार्यविधि नेपाल धितोपत्र बोर्डले १५ दिनभित्रमा तयार पारेर सम्बन्धित निकायहरुको समन्वयमा कार्यान्वयनमा ल्याउने प्रस्ताव अगाडि बढ्दैछ । यसमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले एकदुई दिनमै तयार भएका बुँदाहरु कार्यान्वयन गर्ने निकायका प्रमुखलाई बोलाएर छलफल गर्नेछ । उनीहरुको रायको आधारमा समयसीमासहितका बजार सुधारका योजनाहरु अगाडि बढ्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.