सोमबार, चैत्र २३,२०८२ 08:47:09
Bizshala
  • सोमबार, चैत्र २३,२०८२ 08:47:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर

Bizshala
सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर
Shivam Cement

काठमाण्डौ । सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।  

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुर्इंटेलले सर्वोच्च अदालतमा सो रिट निवेदन पेश गरेका हुन । सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमूख संचार माध्यमका प्रकाशकहरुको संस्था हो ।दर्ता भई सो मुद्दाको प्रारम्भिक सुनुवाई भोलीलाई तोकिएको छ ।

सरकारी विज्ञापन नीजि मिडियामा नदिने निर्णयले संविधानप्रदत्त अभिव्यक्तिको स्वतन्त्रतालाई कमजोर बनाउने उद्धेश्य राखेको आरोप लगार्उंदै मिडिया सोसाइटीले उक्त निर्णयलाई सर्वोच्च अदालतमा चुनौति दिएको अधिवक्ता लुर्इंटेलले जानकारी दिए ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

चैत १८ गतेको सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सरकारी विज्ञापन तथा सूचनाहरु संचारमाध्यममार्फत प्रकाशन तथा प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय तह तथा सो अन्तर्गतका निकायहरु तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्र प्रकाशन तथा प्रशारण गर्ने निर्णय गरी सबै निकायमा परिपत्र समेत गरेको थियो ।

विज्ञापनको निर्णय गैर कानुनी तथा संविधान विपरितको भई सम्पूर्ण चौथो अंगलाई नै तवाही मचाउने कार्य भईआएको भन्दै मिडिया सोसाइटीले सर्वोच्चअदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरी अधिवक्ता लुईंटेललाई मुद्दा गर्न अख्तियारी समेत दिएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

रिटमा चौथो अंगको विरोध सार्वजनिक भइसकेको र चौथो अंग आतंकीत भइसकेको  समेत उल्लेख गरिएको छ । सरकारको सो निर्णय विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन, २०७६ को दफा १०,११,१२, १३, १४, १५, २६, २७, ३२ तथा ऐ विज्ञापन नियमावली २०७७ को नियम, २(ख२), ५क, ५ख, ५ग ५, ६, ६क, (घ, १)क, ११क तथा नेपालको संविधानको धारा १७, १८, १९ ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता  हक नै निस्तेज बनाउने  कार्य भएको उल्लेख छ । 

रिटमा सरकारको निर्णय तथा परिपत्र नेपालको संविधानको धारा १३३(२०९३) बमोजिम उत्प्रेषणको आदेशद्धारा बदर गरी  अभिव्यक्ति स्वतन्त्रतालाई खुम्चयाउने, कुनैपनि तवरले कमजोर बनाउने कार्य नगनू नगराउनू भनी  प्रतिषेध मिश्रित परमादेश माग गरिएको छ ।  

मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले त्यतिन्जेल सो निर्णय नरोकिए जनताको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर परी मुलुकको  चौथो अंग नै  धारासायी भई अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकमा समेत गम्भीर असर पर्ने भएकोले अन्तरिम आदेश  समेत रिटमा माग गरिएको छ ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.