बुधबार, श्रावण ६,२०८३ 06:08:24
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:08:24
Bizshala
Global IME Bank Limited

भ्यासलिनद्वारा Gluta-Hya नेपालमा सार्वजनिक

भ्यासलिनद्वारा Gluta-Hya नेपालमा सार्वजनिक
New Office

काठमाण्डौ । Vaseline ले आफ्नो विश्वव्यापी रूपमा सफल उत्पादन Gluta-Hya लाई नेपाली बजारमा ‘ShowStopper Skin’ नामक विशेष कार्यक्रममार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ। Unilever Nepal अन्तर्गतको यो ब्रान्डले परम्परागत लन्च शैलीभन्दा फरक अवधारणामार्फत उपभोक्तासँग प्रत्यक्ष रूपमा जोडिने प्रयास गरेको कम्पनीले जनाएको छ । 

उक्त कार्यक्रमअन्तर्गत राजधानीका व्यस्त सार्वजनिक स्थानहरूमा कुनै पूर्वसूचना बिना चम्किलो गुलाबी कार्पेट ओछ्याइएको थियो, जसले सर्वसाधारणको ध्यान तुरुन्तै आकर्षित गर्‍यो। ब्रान्ड पहिचान नखुलाइ सुरु गरिएको यो गतिविधिले जिज्ञासा सिर्जना गर्दै स्वतःस्फूर्त सहभागिता बढाएको देखियो।

कार्यक्रममा चर्चित व्यक्तित्वहरू अन्नपूर्णा शर्मा, कविता नेपाली र मलिका महतले Pink Carpet मा आत्मविश्वासका साथ प्रस्तुति दिँदै उपस्थितहरूको ध्यान केन्द्रित गरेका थिए। यस अप्रत्याशित प्रस्तुतिले दैनिक जीवनको व्यस्ततालाई केही समयका लागि रोक्दै दर्शकलाई अनुभवमूलक क्षण प्रदान गरेको थियो।

Unilever Nepal की मार्केटिङ प्रमुख सुरभि गोस्वामीका अनुसार ‘ShowStopper Skin’ अभियानको मुख्य सन्देश आत्मविश्वाससँग जोडिएको छ। “Show रोक्ने कुरा कुनै एक व्यक्तिले होइन, आफ्नो छालाप्रतिको आत्मविश्वासले हो,” उनले भनिन्।

नयाँ उत्पादन Vaseline Gluta-Hya एक हल्का तथा छिटो अवशोषित हुने serum-in-lotion हो। यसमा समावेश GlutaGlow प्रविधि (Glutathione) र Hyaluron ले छालालाई उज्यालो बनाउने र गहिरो hydration प्रदान गर्ने दाबी गरिएको छ। प्रयोगपछि पानीका थोपा जस्तो अनुभव दिने यो लोशन नियमित प्रयोगमा चिपचिपाहटबिना एकनासको, चम्किलो छाला दिन सहयोगी हुने बताइएको छ।

कार्यक्रमका अवसरमा Unilever Nepal का व्यवस्थापकीय निर्देशक अम्लान मुखर्जीले ब्रान्डले फरक शैलीमार्फत उपभोक्तासँग स्मरणीय सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको बताए। “जब ब्रान्डहरू युवाहरू जहाँ छन् त्यहीँ पुगेर जोडिन्छन्, डिजिटल संलग्नता स्वाभाविक रूपमा बढ्छ,” उनले उल्लेख गरे।

यस अभियानमार्फत Vaseline ले नेपालमा अनुभवमूलक मार्केटिङको नयाँ अभ्यास प्रस्तुत गर्दै आफ्नो उत्पादनलाई फरक तरिकाले स्थापित गर्ने प्रयास गरेको देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.