बुधबार, चैत्र २५,२०८२ 09:07:38
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 09:07:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कार्यकालको अन्तिम समयमा एफएनसीसीआई अध्यक्ष ढकालको पत्रकारसँग भेट: निजी क्षेत्रलाई ‘दबाब समूह’बाट ‘विकास साझेदार’बनाए

Bizshala
कार्यकालको अन्तिम समयमा एफएनसीसीआई अध्यक्ष ढकालको पत्रकारसँग भेट: निजी क्षेत्रलाई ‘दबाब समूह’बाट ‘विकास साझेदार’बनाए
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीन वर्षे कार्यकाल समाप्त हुनै लाग्दा सञ्चारकर्मी तथा पत्रकारहरूसँग विशेष धन्यवाद ज्ञापन तथा विचार आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।

ललितपुरको ग्वार्कोस्थित एक होटलमा मङ्गलबार आयोजित उक्त कार्यक्रममा अध्यक्ष ढकालले महासंघको नेतृत्व सम्हाल्दाको चुनौतीपूर्ण अवस्थाबाट सुरु गर्दै कार्यकालमा हासिल गरेका उपलब्धिहरूबारे विस्तृत सम्बोधन गरे । उनले निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बोधनमा अध्यक्ष ढकालले भने, “नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणालाई स्वीकार गरी यहाँ उपस्थित हुनुभएको सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै न्यानो स्वागत गर्न चाहन्छु ।” 

उनले यो कार्यक्रमलाई केवल धन्यवाद ज्ञापनको रूपमा नभई निजी क्षेत्र र सञ्चार क्षेत्रबीच राष्ट्रको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्ने अवसरको रूपमा लिएको बताए ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

चुनौतीपूर्ण अवस्थाबाट सुरुवात

अध्यक्ष ढकालले पदभार ग्रहण गर्दा देशको अर्थतन्त्र अत्यन्त जटिल अवस्थामा रहेको स्मरण गरे । कोभिड–१९ महामारीको असर, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बार सरकार परिवर्तनले सिर्जना गरेको नीतिगत अन्योलले अर्थतन्त्रलाई कमजोर बनाएको उनको भनाइ थियो ।

त्यस्तो अवस्थामा महासंघले निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने पहिलो प्राथमिकता राखेको उनले बताए । पदभार ग्रहणसँगै उनले पाँच मुख्य प्राथमिकता सार्वजनिक गरेका थिए :

-तत्कालीन आर्थिक संकट समाधान,

-स्वदेशी तथा विदेशी लगानीको वातावरण निर्माण,

-राज्य र निजी क्षेत्रबीच सार्वजनिक–निजी साझेदारी सुदृढीकरण,

-दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना,

-व्यवसायीहरूको मनोबल उच्च बनाउन व्यवसाय तथा व्यवसायीको सम्मान र सुरक्षा ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

तीन वर्षमा उल्लेखनीय उपलब्धि

अध्यक्ष ढकालले तीन वर्षको अवधिमा यी सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे ।

नीतिगत सुधारमा नयाँ उचाइ : परम्परागत माग राख्ने भूमिकाबाट अघि बढेर नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाइएको उनले बताए । राष्ट्रिय आर्थिक बहस आयोजना गरी सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको थियो । यसकै परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भयो, जसले ३० भन्दा बढी कानुन सुधारका सिफारिस गरेको छ।

निजी क्षेत्रका उद्योग, व्यापार र कलकारखानालाई शान्ति क्षेत्रको रूपमा घोषणा गरिएको र हालै बनेको दुईतिहाई बहुमत नजिकको सरकारको पहिलो क्याबिनेट बैठकले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत गरेको उनले उल्लेख गरे।

लगानी प्रवद्र्धन : दुई पक्षीय लगानी सम्झौता (बीआईए) को मस्यौदा तयार भई विभिन्न देशसँग सम्झौता अघि बढाइएको छ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड जस्तो १० अर्ब रुपैयाँको संस्था स्थापना गरी साना पुँजीलाई एकीकृत गर्दै पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअपमा लगानी गर्ने नयाँ ढाँचा प्रस्तुत गरिएको छ । भारत, चीन, यूएई, कतार, बेलायतलगायत देशमा द्विपक्षीय लगानी सम्मेलन आयोजना गरिएको छ ।

राज्य-निजी क्षेत्र सम्बन्ध : टकरावको संस्कृतिबाट बाहिर निस्केर सहकार्य र साझेदारीमा आधारित सम्बन्ध निर्माण गरिएको छ । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन महसुल विवादमा मध्यस्थता गरी समाधान खोज्ने प्रयास गरिएको छ ।

संस्थागत सुधार : महासंघको विधान सर्वसम्मत संशोधन गरी अध्यक्षको प्रत्यक्ष निर्वाचन, महिला सहभागिता वृद्धि र जिल्ला–नगर प्रतिनिधित्व सुदृढ गरिएको छ । पहिलो पटक “निजी क्षेत्रको अवस्था” रिपोर्ट प्रकाशित गरी तथ्यगत आधार तयार पारिएको छ ।

अध्यक्ष ढकालले पत्रकार तथा सञ्चारकर्मीहरूको योगदानलाई अतुलनीय बताए । “आर्थिक पत्रकारहरूले तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र दूरदर्शी सुझावमार्फत नीतिगत सुधारलाई मार्गदर्शन गर्नुभएको छ,” उनले भने, “पत्रकारिता समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति हो ।”

उनले महासंघ र सञ्चार क्षेत्रबीच नियमित संवाद र सहकार्यलाई थप सुदृढ बनाउने इच्छा व्यक्त गरे । “मेरो कार्यकाल परिणाममुखी बनाउन पाएको साथ, सहयोग र समर्थनका लागि हृदयदेखि कृतज्ञ छु,” उनले अन्त्यमा भने, “यी क्षणहरू सधैं सम्झिरहनेछु । महासंघ सधैं पत्रकार मित्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहनेछ ।”

कार्यक्रममा उपस्थित पत्रकारहरूसँग विचार आदानप्रदान गर्दै उनले आगामी दिनमा पनि निजी क्षेत्र र सञ्चार क्षेत्रको साझा प्रयासले नेपाललाई समृद्ध बनाउने दृढ विश्वास व्यक्त गरे ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.