बुधबार, श्रावण ६,२०८३ 06:07:33
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:33
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ नयाँपुलमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लाहाचोकद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ की महिला वडा सदस्य गंगा रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ का कार्यवाहक वडा अध्यक्ष अर्जुन परियार प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा ग्लोबल आइएमई लघुवित्तका कार्यसंचालन विभाग प्रमुख सुदीप आचार्य, गण्डकी तथा बागमती प्रदेश प्रमुख विनोद पराजुली, साथै नौडाँडा स्टेशन प्रमुख सजन कुमार थारु अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा करिब ५० जना सदस्य तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश प्रमुख विनोद पराजुलीले वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सजन कुमार थारुले गरेका थिए भने यस अवसरमा सुदीप आचार्यले संस्थाको परिचय, सामाजिक उत्तरदायित्व तथा उपलब्ध सेवा–सुविधाका बारेमा जानकारी दिएका थिए ।  

कार्यक्रमबाट सहभागीहरूले वित्तीय अनुशासन, कर्जा सदुपयोग, बचत परिचालन, बीमा, पारिवारिक बजेट निर्माण तथा विद्युतीय ठगीबाट बच्ने उपाय सम्बन्धी महत्वपूर्ण जानकारी हासिल गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.