बिहीबार, चैत्र २६,२०८२ 06:21:33
Bizshala
  • बिहीबार, चैत्र २६,२०८२ 06:21:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एफएनसीसीआई निर्वाचनमा अदालतको ‘ब्रेक’: सदस्यता विवादले ६०औँ साधारणसभा अनिश्चित

Bizshala
एफएनसीसीआई निर्वाचनमा अदालतको ‘ब्रेक’: सदस्यता विवादले ६०औँ साधारणसभा अनिश्चित
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ -एफएनसीसीआई)को ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम समयमा आएर अवरुद्ध भएको छ।  

उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा र निर्वाचन रोक्न निर्देशन दिएपछि महासंघको नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको हो।

अदालतले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सदस्यता विवाद टुंगो नलागेसम्म साधारणसभा नगर्न स्पष्ट आदेश दिएको हो। न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ४२ अनुसार अन्तरिम आदेश जारी गरेको जनाएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सदस्यता विवादले रोकियो चुनाव

विवादको केन्द्रमा पेट्रोलियम ढुवानी व्यवसायी महासंघको सदस्यता रहेको छ। उक्त महासंघले आफूलाई सदस्यता नदिइ साधारणसभा गर्न लागिएको भन्दै अदालतमा रिट दायर गरेको थियो।

गत वर्ष सम्पन्न ५९औँ साधारणसभामा उक्त संस्था सदस्यको रूपमा सहभागी भएको भए पनि यसपटक सदस्यता सम्बन्धी निर्णय नगरी निर्वाचन अघि बढाइएको भन्दै आपत्ति जनाइएको हो।

अदालतले यसअघि चैत २३ गते दिएको आदेशलाई निरन्तरता दिँदै पुनः अन्तरिम आदेश जारी गरेको हो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अदालतको स्पष्ट निर्देशन

अदालतले यसअघि जारी परमादेशअनुसार सदस्यता सम्बन्धी निर्णय नभएसम्म कुनै पनि साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ।

यसले एफएनसीसीआईभित्र लामो समयदेखि चल्दै आएको सदस्यता विवादलाई सतहमा ल्याएको छ।

यस वर्षको साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने तयारी तीव्र रूपमा अघि बढिरहेको थियो। विभिन्न व्यवसायिक समूहहरूले प्यानल बनाएर चुनावी अभियानसमेत सुरु गरिसकेका थिए।

तर अदालतको आदेशपछि सम्पूर्ण प्रक्रिया स्थगित भएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.