सोमबार, जेष्ठ ११,२०८३ 08:37:35
Bizshala
  • सोमबार, जेष्ठ ११,२०८३ 08:37:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइक्यानद्वारा देशव्यापी पूर्व–बजेट छलफल कार्यक्रम सुरु, प्राप्त सुझावहरू सरकारलाई बुझाइने

Laxmi Sunrise Bank Limited
आइक्यानद्वारा देशव्यापी पूर्व–बजेट छलफल कार्यक्रम सुरु, प्राप्त सुझावहरू सरकारलाई बुझाइने
Shivam Cement

काठमाण्डौ । नेपालको लेखा व्यवसायको नियामक निकाय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटका लागि क्षेत्रगत सुझाव र राय संकलन गर्ने उद्देश्यले देशव्यापी ‘पूर्व–बजेट अन्तरक्रिया कार्यक्रम’ सुरु गरेको छ । अन्तरक्रियामार्फत देशभरबाट संकलित सुझावहरुको विस्तृत प्रतिवेदन बनाएर सरकारलाई बुझाउने कार्यक्रम रहेको छ ।  

आर्थिक तथा वित्तीय नीतिहरूमा सरकारलाई सल्लाह दिने आफ्नो वैधानिक जिम्मेवारी अन्तर्गत आइक्यानले यी कार्यक्रमहरूको समन्वय र प्रतिवेदन तयारीका लागि एक विशेष कार्यदल नै परिचालन गरेको छ ।  

Bizshala
New Office
CG Motors

यो अभियान नेपालका सात प्रमुख आर्थिक केन्द्रहरू– विराटनगर, वीरगन्ज, चितवन, धनगढी, बुटवल, पोखरा, र नेपालगन्ज लगायतका सहरहरूमा सञ्चालन भइरहेको छ । अन्तरक्रिया कार्यक्रमहरूमा कृषि व्यवसाय, पर्यटन, सीमापार व्यापार र निर्यातमुखी उद्योग जस्ता क्षेत्रीय प्राथमिकताका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ ।

अभियानको समापनमा काठमाडौंमा आगामी वैशाख ४ देखि ६ गते (१७–१९ अप्रिल २०२६) सम्म तीनवटा विशेष सत्रहरू आयोजना गर्ने तयारी छ । ती सत्रहरूमा वित्तीय क्षेत्र र लगानी वातावरण, लेखा व्यवसायका समसामयिक मुद्दाहरू तथा उत्पादन र पूर्वाधार क्षेत्रमा केन्द्रित रहेर गहन छलफल हुनेछ । सार्वजनिक सहभागिता र पारदर्शिता सुनिश्चित गर्न काठमाडौंका कार्यक्रमहरू आइक्यानको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत गर्ने योजना छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

प्रत्येक सत्रमा सम्बन्धित क्षेत्रका विज्ञहरू बीच प्यानल छलफल र खुला छलफल गर्ने कार्यक्रम छ ता कि प्राप्त सुझावहरू व्यावहारिक, स्वतन्त्र र तथ्यपरक हुन सकुन् । आइक्यानले यी सुझावहरूलाई एकीकृत गरी एक विस्तृत प्रतिवेदन तयार पार्नेछ र आर्थिक विकासको भरपर्दो मार्गचित्रको रूपमा नेपाल सरकार, अर्थ मन्त्रालयमा पेश गर्नेछ ।

यस देशव्यापी पहुँचमार्फत आइक्यानले जनविश्वास अभिवृद्धि गर्ने र दिगो आर्थिक वृद्धिका लागि सन्तुलित एवं व्यावसायिक दृष्टिकोण प्रदान गर्दै राष्ट्र निर्माणमा आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.