काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४८.०७ रुपैयाँ र बिक्रीदर १४८.६७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७३.४४ रुपैयाँ र बिक्रीदर १७४.१४ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९९.०१ रुपैयाँ र बिक्रीदर १९९.८२ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०४.६९ रुपैयाँ र बिक्रीदर १०५.११ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.३१ रुपैयाँ र बिक्रीदर ४०.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.६८ रुपैयाँ र बिक्रीदर २१.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.६१ रुपैयाँ र बिक्रीदर ४०.७८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८३.१० रुपैयाँ र बिक्रीदर ४८५.०६ रुपैयाँ कायम भएको छ ।

