सोमबार, चैत्र ३०,२०८२ 09:43:31
Bizshala
  • सोमबार, चैत्र ३०,२०८२ 09:43:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डेडिकेटेड–ट्रङ्क लाइनको बक्यौता उठाउन प्राधिकरण पुनः सक्रिय

Bizshala
डेडिकेटेड–ट्रङ्क लाइनको बक्यौता उठाउन प्राधिकरण पुनः सक्रिय
Shivam Cement

काठमाण्डौ । उद्योग क्षेत्रसँग जोडिएको डेडिकेटेड तथा ट्रङ्क लाइन विद्युत् महसुल विवादमा नयाँ मोड आएको छ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि रोकिएको बक्यौता असुली प्रक्रियालाई पुनः तीव्रता दिएको छ ।

प्राधिकरणले २०८२ असोजमा जारी गरेको सूचनालाई पुनः सक्रिय पार्दै उद्योगीहरूलाई किस्ताबन्दीमा बक्यौता तिर्न पत्राचार सुरु गरेको छ। ग्राहक सेवा निर्देशनालयमार्फत प्रादेशिक कार्यालयहरूलाई निर्देशन दिँदै औद्योगिक ग्राहकसँग समन्वय बढाइएको हो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यो कदम पछाडि प्रमुख आधार बनेको छ विद्युत् नियमन आयोगको हालैको फैसला। आयोगले पञ्चकन्या स्टिल्स र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले दायर गरेको उजुरी खारेज गर्दै प्राधिकरणको दाबीलाई मान्यता दिएको थियो। यसले प्राधिकरणलाई असुली प्रक्रिया अघि बढाउन आवश्यक कानुनी बल प्रदान गरेको छ।

अघिल्लो चरणमा जस्तै तत्काल लाइन विच्छेदको चेतावनी नदिई प्राधिकरणले अहिले भुक्तानी व्यवस्थापनमा जोड दिएको देखिन्छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार नियामकको निर्णय कार्यान्वयन गर्नु संस्थाको दायित्व भए पनि कसरी अघि बढ्ने भन्ने विषयमा कानुनी परामर्श जारी छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उद्योगीहरूले भने बक्यौता रकमलाई अझै पनि धरौटीका रूपमा व्याख्या गर्दै आएका छन्। प्रारम्भिक चरणमा २२ उद्योगले २८ किस्तामा रकम बुझाउने सहमति जनाए पनि अधिकांशले कात्तिकपछि किस्ता तिर्न छोडेका छन्। यसले दुवै पक्षबीचको अविश्वास अझै कायम रहेको देखाउँछ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.