काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४८.०७ रुपैयाँ र बिक्रीदर १४८.६७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७३.५४ रुपैयाँ र बिक्रीदर १७४.२४ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९९.३३ रुपैयाँ र बिक्रीदर २००.१४ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०४.५७ रुपैयाँ र बिक्रीदर १०४.९९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.३१ रुपैयाँ र बिक्रीदर ४०.४७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.६९ रुपैयाँ र बिक्रीदर २१.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.३४ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.६२ रुपैयाँ र बिक्रीदर ४०.७८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९७ रुपैयाँ र बिक्रीदर १०.०१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८३.२६ रुपैयाँ र बिक्रीदर ४८५.२२ रुपैयाँ कायम भएको छ ।

