काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०.५ नयाँ शेयर १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि गत चैत १० गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिद गर्नका लागि योग्य ठहरिनेछन् ।
कम्पनीको हकप्रद सेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

