आईतवार, श्रावण १०,२०८३ 02:57:46
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:57:46
Bizshala
Global IME Bank Limited

मोबाइल चोरेर बैंक खाताबाट २.२७ लाख निकाल्ने तीनजना पक्राउ

मोबाइल चोरेर बैंक खाताबाट २.२७ लाख निकाल्ने तीनजना पक्राउ
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत २७ गते मोबाइल चोरी र अनधिकृत बैंकिङ कारोबारमा संलग्न तीन युवकलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा समिर तामाङ (१९ वर्ष), जनम तामाङ (१८ वर्ष) र प्रज्वल राई (१८ वर्ष) रहेका छन्। उनीहरू विभिन्न जिल्लाका स्थायी बासिन्दा भए पनि हाल काठमाण्डौको बुढानिलकण्ठ क्षेत्रमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार, उनीहरूले चोरी गरिएको मोबाइलमार्फत प्रयोगकर्ताको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच कायम गरी कुल २ लाख २७ हजार ६ सय रुपैयाँ अन्य खाताहरूमा स्थानान्तरण गरेका थिए। 

प्रारम्भिक अनुसन्धानले मोबाइलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा अपराधीहरूले सजिलै वित्तीय विवरणमा पहुँच पाएको उल्लेख छ ।  

प्रहरीले पक्राउ परेकाहरूबाट चोरी भएको मोबाइल बरामद गरिसकेको र थप अनुसन्धान जारी रहेको जनाएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.