बुधबार, श्रावण ६,२०८३ 06:07:54
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:54
Bizshala
Global IME Bank Limited

नेपालमा पहिलोपटक विद्यालयस्तरमै एआई, ब्लकचेन र साइबर सुरक्षाको अन्तर्राष्ट्रिय कार्यक्रम सुरु

नेपालमा पहिलोपटक विद्यालयस्तरमै एआई, ब्लकचेन र साइबर सुरक्षाको अन्तर्राष्ट्रिय कार्यक्रम सुरु
New Office

काठमाण्डौ । नेपालमा विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गर्दै एआई, ब्लकचेन र साइबर सुरक्षा जस्ता अत्याधुनिक प्रविधिमा आधारित अन्तर्राष्ट्रिय कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। नेपाल इको प्यानलका संस्थापक तथा कम्प्युटर इन्जिनियरद्वय कृष्णभक्त दुवाल र सुवोध त्रिपाठीको पहलमा यो कार्यक्रम नेपाल भित्रिएको हो।

एसियन ई–लर्निङ प्रालि र भारतस्थित ट्रान्सन्युरोन टेक्नोलोजिजसँगको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रम आईबीएमद्वारा विकसित पाठ्यक्रममा आधारित रहेको छ। कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित यो कार्यक्रमले व्यवहारिक ज्ञान, सीप र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमलाई तीन चरणमा विभाजन गरिएको छ। पहिलो चरण ‘एक्सप्लोर’ अन्तर्गत विद्यार्थीमा जिज्ञासा विकास, आधारभूत ज्ञान र प्रविधिप्रतिको आत्मविश्वास अभिवृद्धि गरिन्छ। दोस्रो चरण ‘डिस्कभर’ मा गहिरो अध्ययनसँगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्तिम चरण ‘इनोभेटर’ मा विद्यार्थीहरूले आफ्नै परियोजना विकास गरी भेन्चर क्यापिटलिस्टसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्।

इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो कार्यक्रम परम्परागत शिक्षाभन्दा फरक, भविष्य उन्मुख सिकाइ प्रणाली हो जसले विद्यार्थीलाई प्रारम्भिक अवस्थामै उन्नत प्रविधिसँग जोड्दै नवप्रवर्तन र नेतृत्वका लागि तयार पार्छ।

कार्यक्रमको औपचारिक शुभारम्भका लागि सेन्ट जेभियर्स स्कूल, गोदावरी र कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीसँग सम्झौता गरिएको छ। यससँगै नेपालमा विद्यालयस्तरमै विश्वस्तरीय प्रविधि शिक्षाको नयाँ अध्याय सुरु भएको बताइएको छ।

सेन्ट जेभियर्सका प्रिन्सिपल विजय टोपोले यस्तो सहकार्यले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गर्दै उपलब्ध अवसरको अधिकतम उपयोग गर्न आग्रह गरे। त्यस्तै, एसियन ई–लर्निङ प्रा।लिका प्रबन्ध निर्देशक सुवोध त्रिपाठीले कार्यक्रमले विद्यार्थीलाई दीर्घकालीन रूपमा लाभ पुग्ने र नयाँ अवसर सिर्जना गर्ने बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.