आईतवार, श्रावण १०,२०८३ 02:57:15
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 02:57:15
Bizshala
Global IME Bank Limited

बागमती स्विट्सको उत्पादन तथा बिक्रीवितरणमा रोक

बागमती स्विट्सको उत्पादन तथा बिक्रीवितरणमा रोक
New Office

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी को निर्देशनमा उक्त कम्पनीको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको हो ।  

गत चैत २९ गते आयोजित एक सार्वजनिक कार्यक्रममा उक्त कम्पनीबाट आपूर्ति गरिएको खाजामा अखाद्य वस्तु भेटिएको भन्ने गुनासो प्राप्त भएपछि मन्त्री चौधरीले तत्काल अनुगमन गर्न निर्देशन दिएकी थिइ्र्रन्। सोही निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको संयुक्त टोलीले चैत ३० गते अनुगमन गरेको थियो।

अनुगमनका क्रममा कम्पनीमा सरसफाइ तथा खाद्य गुणस्तरसम्बन्धी गम्भीर कमजोरीहरू भेटिएको जनाउँदै प्रचलित कानुनबमोजिम उत्पादन कार्य तत्काल रोकिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.