शुक्रबार, बैशाख ४,२०८३ 12:17:02
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 12:17:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम भएको ट्रम्पको दाबी

Bizshala
इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम भएको ट्रम्पको दाबी
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल १० दिनको युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् । उनले ट्रुथ सोशलमार्फत यस्तो दाबी गरेका हुन् ।  

ट्रम्पले आफ्नो पोस्टमा लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यस विषयमा कुरा भएको उल्लेख गरेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तर, उक्त घोषणामा हिज्बुल्लाहको कुनै उल्लेख गरिएको छैन। हिज्बुल्लाह इरान समर्थित एक सशस्त्र समूह हो, जससँग इजरायल लामो समयदेखि संघर्षरत छ।

अर्को पोस्टमा ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतान्याहू र लेबनानका राष्ट्रपति जोसेफ औनलाई ह्वाइट हाउसमा आमन्त्रण गर्ने बताएका छन्। उनले यसलाई सन् १९८३ पछि इजरायल र लेबनानबीचको पहिलो महत्वपूर्ण वार्ताको रूपमा वर्णन गरेका छन्।

CG Motors
Garima Development Bank
IME remit

यसैबीच, लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलसँगको अस्थायी युद्धविरामको स्वागत गरेका छन्। उनले युद्ध सुरु भएदेखि नै लेबनानले युद्धविरामको माग गर्दै आएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री सलामले यो सहमतिले द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरूलाई आफ्नो घर फर्कने अवसर मिल्ने आशा व्यक्त गरेका छन्। साथै, उनले युद्धविरामसम्म पुग्न गरिएको अन्तर्राष्ट्रिय प्रयासहरूको पनि प्रशंसा गरेका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.