काठमाण्डौ । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि सहज र आकर्षक शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरेको छ ।
यस सहकार्य अन्तर्गत, बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरुमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधा उपभोग गर्न सक्नेछन् । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यपटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिने छ ।
यस पहलले उच्च मुल्यका सामाग्रीहरुलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकहरुलाई बिना ब्याज किस्ताबन्दी मार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

