काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावरको लिमिटेडको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । आरबिबि मर्चेन्ट बैंकिङलाई वैशाख १४ गतेदेखि कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
यससँगै अब कम्पनीको धितनोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य आरबिबि मर्चेन्ट बैंकिङले गर्नेछ ।

