शुक्रबार, बैशाख २५,२०८३ 02:58:46
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 02:58:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शक्तिशाली क्षमता, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

Bizshala
शक्तिशाली क्षमता, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
Shivam Cement

काठमाण्डौ । विश्व प्रसिद्ध प्रविधि कम्पनी शाओमीले शक्तिशाली क्षमता, उत्कृष्ट कार्यसम्पादन र आकर्षक डिजाइनसहित नयाँ स्मार्टफोन रेडमी ए–सेवेन–प्रो सार्वजनिक गरेको छ । ठूलो ब्याट्री, ठूलो स्क्रिन तथा सुधारिएको सफ्टवेयर अनुभवसहित यो स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

रेडमी ए–सेवेन–प्रो सनसेट अरेन्ज, पाम ग्रीन, मिस्ट ब्लु र ब्ल्याक गरी चार आकर्षक रंगमा उपलब्ध रहेको छ । यसमा ६.९ इन्चको एचडी डिस्प्ले र ८.१५ मिमी स्लिम बडी रहेको छ, जसले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य अनुभव प्रदान गर्छ ।

साथै, १२० हर्जसम्मको हाई रिफ्रेस रेट सपोर्ट भएकाले फोन सहज र स्मूथ रूपमा सञ्चालन हुन्छ । ८०० निट्स सुपर सनलाइट डिस्प्लेले घाममा पनि स्पष्ट दृश्य देखाउँछ भने डिसी डिमिङ प्रविधिले स्क्रिन फ्लिकर कम गरी आँखाको थकान घटाउन मद्दत गर्छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस स्मार्टफोनमा ६००० हर्ज क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले लामो समयसम्म टिकाउ प्रयोग सुनिश्चित गर्छ । १५ वाट फास्ट चार्जिङ सपोर्टका कारण फोनलाई एकपटक चार्ज गर्दा करिब २.३७ दिनसम्म प्रयोग गर्न सकिन्छ, जसले चार्जिङको झन्झटलाई निकै कम गर्छ ।

रेडमी ए–सेवेन–प्रो मा १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । ठूलो सेन्सर तथा नाइट मोड सुविधाका कारण कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । साथै, यसमा २०० प्रतिशतसम्मको भोल्युम बुस्ट सुविधा रहेको छ, जसले अझ सशक्त र इमर्सिभ अडियो अनुभव प्रदान गर्छ । वेट टेक टेक्नोलोजी २.० का कारण भिजेका, तेल लागेको वा साबुन लागेको हातले समेत फोन सहज रूपमा सञ्चालन गर्न सकिन्छ ।

CG Motors
Garima Development Bank
IME remit

१२ एनएम प्रोसेसरद्वारा सञ्चालित यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ, हल्का गेमिङ तथा मल्टिटास्किङका लागि प्रभावकारी र द्रुत छ । साथै, शाओमी हाइपर ओएस ३ र यसएफएस २.२ स्टोरेज प्रविधिको संयोजनले एप लोडिङ तथा सिस्टमको कार्यसम्पादनलाई अझ स्मूथ बनाएको छ ।

रेडमी ए–सेवेन–प्रो मा ग्राहकको पूर्ण भरोसाका लागि २ वर्षको वारेन्टी पनि उपलब्ध रहेको छ भने २ टिबी सम्मको एक्सटेन्डेबल एक्स्टर्नल स्टोरेज सपोर्ट पनि रहेको छ । यो स्मार्टफोन ४ जिबी+६४ जिबी भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा रु. १७,९९९ तोकिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X