सोमबार, असार १५,२०८३ 03:21:44
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:21:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीवीच दुई घण्टा संवाद, एमालेको आन्तरिक राजनीति मुख्य एजेन्डा

Laxmi Sunrise Bank Limited
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीवीच दुई घण्टा संवाद, एमालेको आन्तरिक राजनीति मुख्य एजेन्डा

काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भक्तपुरको गुन्डूमा करिब दुई घण्टा लामो राजनीतिक छलफल गरेकी छन्।

उनी ओलीको स्वास्थ्य अवस्था बुझ्न पुगेकी थिइन् । तर, भेटमा एमालेको आन्तरिक राजनीति पनि मुख्य विषय बनेको थियो।

New Office
CG Motors
Garima Development Bank

भेटका क्रममा भण्डारीले पार्टीभित्र बढ्दै गएको असन्तुष्टि, निर्वाचनपछि देखिएको निराशा, र समीक्षा बैठक ढिलो हुनुजस्ता विषय उठाएकी थिइन्।  

उनले कार्यकर्ताको मागअनुसार छिटो समीक्षा बैठक बोलाउन ओलीलाई सुझाव दिएको बताइएको छ।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनबारे उठिरहेका चर्चाहरू पनि स्मरण गराउँदै, तत्काल निर्णयभन्दा पहिले संगठनात्मक छलफल र समीक्षा आवश्यक रहेको धारणा राखेकी थिइन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ओलीले भने बैठक ढिलो हुनुको कारण परिस्थितिसँग सम्बन्धित भएको प्रतिक्रिया दिएको स्रोतहरूको दाबी छ।  

प्रतिनिधिसभा निर्वाचनमा एमालेले कमजोर प्रदर्शन गरेपछि पार्टीभित्र नेतृत्वमाथि प्रश्न उठिरहेको छ।

यो भेट २१ फागुनको निर्वाचनपछि भण्डारी–ओलीबीच भएको चौथो भेट भएको पनि उल्लेख गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.