काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारलाई सुरक्षित र प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप विकास गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारलाई प्रतिस्पर्धी बनाउने बताएका हुन् ।
साथै धितोपत्र नियामक निकाय, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने जनाएको छ ।

