काठमाण्डौ । बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ रहेको थियो ।
यता चाँदीको मूल्य भने सामान्य बढेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन प्रतितोला ५ हजार ६९५ रुपैयाँ रहेको चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर आज प्रतितोला ५ हजार ७१० रुपैयाँ पुगेको छ ।

