Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान

Global IME Bank Limited
सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएको याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको हो ।

बैंकले एक समारोहका बीच रू १ लाखको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको शिक्षामा खर्च गर्ने संस्थाका सञ्चालकले जानकारी दिएको बैंकले जनाएको छ । हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले आफ्नो १७ औं वार्षिकोत्सव यहि वैशाख ७ गते मनाउँदैछ छ ।  

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम. र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.