सोमबार, श्रावण ११,२०८३ 06:54:46
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 06:54:46
Bizshala
Global IME Bank Limited

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश कार्यालयद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा कुल १७८ जनाले विभिन्न सेवा लिएका थिए । जसअन्तर्गत ६५ जनाले रक्तदान गरेका छन् भने १०९ जनाले आँखा परीक्षण सेवा तथा ४३ जनाले दन्त परीक्षण सेवा लिएको प्राधिकरणले जानकारी दिएको छ ।

कार्यक्रममा सहभागीहरूलाई निःशुल्क आँखा तथा दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रम सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश, हिमाल आँखा अस्पताल तथा शान्ति फर्मेसी तथा दन्त क्लिनिक, विराटनगरले सहकार्य गरेका थिए ।

नेपाल बीमा प्राधिकरणले वार्षिकोत्सवको अवसरमा सामाजिक सेवामूलक कार्यक्रममार्फत समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रयासलाई निरन्तरता दिँदै आएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख प्रिती देवले जानकारी दिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.