बिहीबार, बैशाख ३१,२०८३ 09:05:34
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:05:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इप्पान निर्वाचनमा उत्तम लामा भ्लोनको टिम घोषणा

Laxmi Sunrise Bank Limited
इप्पान निर्वाचनमा उत्तम लामा भ्लोनको टिम घोषणा
Shivam Cement

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी जेठ २९ गते हुने निर्वाचनका लागि चुनावी गतिविधि तीव्र बनेको छ ।  

उपाध्यक्ष उत्तम लामा भ्लोनले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो नेतृत्वमा नयाँ टिम सार्वजनिक गरेका छन् ।

Bizshala
New Office
CG Motors

भ्लोन नेतृत्वको टिमले ‘इप्पान भिजन २०२९’ सार्वजनिक गर्दै नेपाललाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने र दक्षिण एसियाको ऊर्जा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।  

टिमले पीपीए अवरोध, प्रसारण लाइन अभाव र प्रशासनिक जटिलता समाधानलाई प्राथमिकतामा राखेको छ ।

टिमले जलविद्युत् आयोजनाको अनुमतिपत्र अवधि ५० वर्ष पुर्‍याउने, ‘एकद्वार प्रणाली’ लागू गर्ने तथा सहुलियतपूर्ण कर्जा व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

इप्पानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ। भ्लोनले इप्पानको वरिष्ठ उपाध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

उनको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ,  हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट टिममा समावेश भएका छन्।

 त्यसैगरी, महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कडेललाई अघि सारिएको छ। 

कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त समेटिएका छन्।

कार्यसमितिको पाँच जना सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ललाई उम्मेदवार घोषणा गरिएको छ। 

त्यसैगरी सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णन लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.