शुक्रबार, जेष्ठ १,२०८३ 02:58:31
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:58:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा ओप्पो ए६सी सार्वजनिक, मूल्य कति ?

Laxmi Sunrise Bank Limited
नेपालमा ओप्पो ए६सी सार्वजनिक, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ । आकर्षक प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच् ब्याट्री, एआई प्रविधिमा आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनका साथ यो फोन नेपाली बजारमा सार्वजनिक भएको कम्पनीले जनाएको छ ।

दैनिक प्रयोगमा लामो समयसम्म सहज र भरपर्दो अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको ओपो ए६सीमा ७००० एमएएच् क्षमताकोे ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा ६ वर्षसम्म ब्याटी« टिकाइ राख्ने क्षमता रहेको छ । लामो समय गेम खेल्न, भिडियो हेर्न, इन्टरनेट ब्राउज गर्न तथा अन्य दैनिक कार्य गर्न यो फोन उपयुक्त हुने बताइएको छ । साथै, यसमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ ।

डिजाइनतर्फ ओपो ए६सीलाई फ्ल्यागशिप स्मार्टफोनबाट प्रेरित प्रिमियम लुक दिइएको छ । यो स्मार्टफोन ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ दुई आकर्षक रंगमा उपलब्ध हुनेछ । फोनमा रहेको १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्लेले स्मूथ स्क्रोलिङ, जीवन्त रङ तथा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

Bizshala
New Office
CG Motors

फोटोग्राफीलाई अझ सहज र स्मार्ट बनाउन फोनमा एआई इरेजर र एआई क्लियर फेस जस्ता आधुनिक एआई फिचर समावेश गरिएको छ । यी सुविधामार्फत प्रयोगकर्ताले तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारको स्पष्टता सुधार गर्न सक्नेछन् ।

टिकाउपनालाई प्राथमिकता दिँदै ओपो ए६सीमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा दिइएको छ, जसले सामान्य पानीका छिटा र धुलोबाट फोनलाई सुरक्षित राख्छ । साथै, ४८ महिनासम्म फोनको कार्यसम्पादन स्थिर राख्न फ्लुएन्सी प्रोटेक्सन सुविधा पनि उपलब्ध छ ।

ग्राहकलाई थप भरोसा गराउन ओपोले ओपो ए६सी खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी समेत उपलब्ध गराएको छ यो अफर जेठ १ देखि असार १ २०८३ सम्म पहिलो एक महिनासम्म ए६सी खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ । योजनाअन्तर्गत योग्य ग्राहकहरूले १ महिनासम्म इन्स्ट्यान्ट रिप्लेसमेन्ट सुविधा प्राप्त गर्नेछन् भने यो सेवाको अवधि असार ३१ २०८३ सम्म कायम रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, तोकिएको अवधिभित्र देखिएका योग्य हार्डवेयरसम्बन्धी समस्यामा मात्र यो सुविधा लागू हुनेछ । सामान्य मर्मत सेवाको सट्टा योग्य ग्राहकलाई सिधै नयाँ रिप्लेसमेन्ट डिभाइस उपलब्ध गराइनेछ ।

ओपोले उक्त अफर कम्पनीका नियम तथा सर्तहरू लागू हुने जनाएको छ ।

ओपो ए६सीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा २० हजार ९९९ रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

‘ओपो ए६’ (८ जीबी + १२८ जीबी)

यसैबीच, ओपो नेपाल ले ओपो ए६ सिरिजअन्तर्गत ‘ओपो ए६’ (८ जीबी + १२८ जीबी) भेरियन्ट पनि नेपाली बजारमा ल्याएको छ । ‘स्याफायर ब्लु’ र ‘अरोरा गोल्ड’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ तोकिएको छ । धेरै स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

शक्तिशाली ब्याट्री, एआई प्रविधि, आकर्षक डिजाइन, स्मूथ डिस्प्ले तथा भरपर्दो टिकाउपनाको संयोजन सहित ओपो ए६ सिरिजले नेपालमा बजेट तथा मिड–रेन्ज स्मार्टफोन अनुभवलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X