सोमबार, जेष्ठ ४,२०८३ 04:11:57
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:11:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मूल्य समायोजनको मागसहित महासंघद्वारा धर्ना

Laxmi Sunrise Bank Limited
मूल्य समायोजनको मागसहित महासंघद्वारा धर्ना
Shivam Cement

काठमाण्ठौ । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार आज खानेपानी तथा ढल व्यवस्थापन विभाग र शहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापन—पत्र बुझाउँदै धर्ना दिएको छ । महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको तर्फबाट दुई विभागका महानिर्देशकहरूलाई ज्ञापन पत्र बुझाइ आधा घण्टा धर्ना दिइएको हो ।

एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्धयलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको कारण निर्माण उद्योगमा देखिएको विकराल अवस्था बारे अवगत गराए । जवाफमा महानिर्देशकद्धयले इन्धन तथा निर्माण सामाग्रीहरूमा भइरहेको मूल्यवृद्धिका कारण निर्माण उद्योग असहज अवस्थामा पुगेको स्विकार गर्दै उपयुक्त ढंगले समस्या समाधानको पहल भइरहेको जानकारी दिए ।

Bizshala
New Office
CG Motors

निर्माण व्यवसायीहरूले राहत महसुस गर्ने गरी सरकारले चाँडै उपयुक्त निर्णय गर्ने महानिर्देशकद्धयको भनाइ थियो । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमीक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले निर्माण कार्य स्वतः बन्द भएको भन्दै महासंघ आन्दोलित भएको हो ।

महासंघको निर्देशन अनुसार हाल सात प्रदेश निर्माण व्यवसायी महासंघ र ७७ जिल्ला निर्माण व्यवसायी संघहरूले मूल्य समायोजनको माग सहित आन्दोलनका विविध कार्यक्रम सञ्चालन गरिरहेको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.