आईतवार, असार १५,२०८२ 06:50:09
  • आईतवार, असार १५,२०८२ 06:50:09
Global IME Bank Limited

प्रभु केवलकार आईपीओ निष्कासन गर्ने तयारीमा

Hyundai Nepal
प्रभु केवलकार आईपीओ निष्कासन गर्ने तयारीमा
Nabil Bank Limited

काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।  

इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र कार्य दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । छनौट भएको बिक्री प्रबन्धकले कम्पनीको आईपीओ निष्कासन तथा आरटीएस सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।  

कम्पनीलाई नियमअनुसार पाइने प्रिमियम मूल्य थप गरि रु.३० करोडबराबरको ३० लाख कित्ता सेयर निष्कासन गर्न चाहिने सेयर प्रत्याभुतिकर्ता जुटाउन सहजीकरण गरिदिने प्रतिबद्धता र सो कार्य गरेबापत आवश्यक सेजा शुल्क निर्धारण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले ३ वटा केवलकार परियोजना निर्माण कार्य अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केवलकार प्रोजेक्ट सम्पन्न हुने चरणमा छ । रुपन्देही जिल्लाको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केवुलकार निर्माण अन्तिम चरणमा छ ।

अन्य २ परियोजना भने प्रारम्भिक चरणमै छ । रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै योजनामा प्रारम्भिक कार्य भइरहेको कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.