शनिबार, श्रावण ९,२०८३ 07:42:34
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 07:42:34
Bizshala
Global IME Bank Limited

अख्तियार छानबिनपछि एमालेद्वारा भीआईपी उपचार खर्च फिर्ता, करिब ३.८६ करोड राज्यकोषमा जम्मा

अख्तियार छानबिनपछि एमालेद्वारा भीआईपी उपचार खर्च फिर्ता, करिब ३.८६ करोड राज्यकोषमा जम्मा
New Office

काठमाण्डौं । भीआईपी उपचार खर्चसम्बन्धी विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि नेकपा (एमाले) ले पूर्व विशिष्ट पदाधिकारीहरूको नाममा राज्यकोषबाट भुक्तानी भएको उपचार खर्च बराबरको रकम फिर्ता गरेको छ ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार १ जेठ २०८३ मा पार्टीले पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचारका लागि सरकारी कोषबाट खर्च भएको करिब ३ करोड ८६ लाख रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेको हो ।

अख्तियारले विदेशमा गरिएको उपचार खर्च कानूनी व्यवस्थाविपरीत भएको भन्दै अनुसन्धान तीव्र बनाएपछि यो विषय मुद्दा दायर हुने चरणमा पुग्ने संकेत देखिएको थियो ।

सोही दबाबबीच कानुनी जोखिम न्यूनीकरण गर्न रकम फिर्ता गरिएको बताइएको छ ।

स्रोतका अनुसार विभिन्न चरणमा गरिएको सरकारी निकासामध्ये अधिकांश भुक्तानी पार्टीको माध्यमबाटै भएको देखिन्छ ।  

यसअघि सरकारले विशिष्ट व्यक्तिहरूको उपचार खर्च भुक्तानी गर्ने निर्णयका आधारमा रकम निकासा गर्दै आएको थियो ।

रकम फिर्ता गरेपछि एमालेले सम्बन्धित प्रमाणपत्रहरू अख्तियार, परराष्ट्र मन्त्रालय र महालेखा परीक्षणसम्बन्धी निकायमा समेत बुझाएको जनाइएको छ ।  

 

यससँगै अख्तियारले मुद्दा अघि बढाउने वा नगर्ने विषयमा आन्तरिक छलफल गरिरहेको बुझिएको छ ।

वीआईपी उपचार खर्चसम्बन्धी विषय लामो समयदेखि कानूनी, राजनीतिक र प्रशासनिक बहसको केन्द्रमा रहँदै आएको छ । 

एकातिर जनस्वास्थ्य ऐन, २०७५ ले विदेशमा सरकारी खर्चमा उपचार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ भने अर्कोतर्फ अघिल्ला मन्त्रिपरिषद् निर्णय र निर्देशिकाका आधारमा भुक्तानी हुँदै आएको थियो ।  

पछिल्ला न्यायिक व्याख्याले ती निर्देशिकाहरू पनि अमान्य हुने निष्कर्ष निकालेका छन् ।

यस घटनासँगै राज्यकोषको उपयोग, पूर्व पदाधिकारीहरूको सुविधा र जवाफदेहिताबारे बहस पुनः चर्किएको छ भने अख्तियारको अन्तिम निर्णयले यस प्रकरणको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.