काठमाण्डौ । इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले देशको उच्च स्तरमा समृद्ध गरिएको युरेनियम विदेश नपठाइने स्पष्ट निर्देशन दिएका छन्। यो निर्णयले अमेरिका र इरानबीच जारी शान्ति वार्तामा ठूलो अवरोध सिर्जना गर्न सक्ने जनाइएको छ ।
अमेरिका र इजरायलले इरानको युरेनियम भण्डारलाई परमाणु हतियार निर्माणसँग जोडेर हेर्दै आएका छन् र त्यसलाई देश बाहिर लैजानुपर्ने माग राखिरहेका छन्। तर इरानले भने आफ्नो युरेनियम चिकित्सा र अनुसन्धान प्रयोजनका लागि आवश्यक रहेको दाबी गर्दै आएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई युरेनियम राख्न नदिने चेतावनी दिएका छन् र आवश्यक परे त्यसलाई नष्ट गर्नेसम्मको संकेत दिएका छन्।
हाल जारी वार्तामा मुख्य विवादकै रूपमा इरानको युरेनियम भण्डार, क्षेत्रीय सुरक्षा र प्रतिबन्धहरू हटाउने विषय रहेका छन्। तर दुबै पक्षबीच गहिरो अविश्वासका कारण ठोस सहमति अझै हुन सकेको छैन।

