मंगलवार, श्रावण ५,२०८३ 06:31:10
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:31:10
Bizshala
Global IME Bank Limited

प्रिती बनिन् सगरमाथा आरोहण गर्ने मारवाडी समुदायकी पहिलो महिला

प्रिती बनिन् सगरमाथा आरोहण गर्ने मारवाडी समुदायकी पहिलो महिला
New Office

काठमाण्डौ । प्रिती राटेरिया अग्रवाल नेपालको मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो मारवाडी महिला बनेकी छन् ।  अग्रवालले २०२६ मे २१ तारिख बिहान सगरमाथाको चुचुरोमा पाइला टेकेसँगै यो उपलब्धि हासिल गर्ने मारवाडी समुदायकी पहिलो महिला बनेकी हुन् ।

उनीसँगै आरोहण दलमा अनुभवी गाइड पासाङ शेर्पा र निमा थिनदुक शेर्पा रहेका थिए। उक्त आरोहण अभियान द समिटख फोर्स प्रालिको व्यवस्थापनमा सम्पन्न भएको हो।

यस उपलब्धिसँगै प्रीति विश्वकै पहिलो प्राणिक हिलर तथा अरहाटिक योगीका रूपमा पनि सगरमाथा आरोहण गर्ने व्यक्तिको रूपमा चिनिएकी छन्। उनको सफलता पर्वतारोहण क्षेत्रसँगै नेपालका मारवाडी समुदायमा गौरवको विषय बनेको मारवाडी समुदायले जनाएको छ

प्रीति, कमलेश कुमार राटेरियाकी छोरी हुन्। उनले छोटो अवधिमै पर्वतारोहण क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकी छन्। यसअघि उनले सन् २०२५ सेप्टेम्बर २३ मा विश्वको आठौं अग्लो हिमाल माउन्ट मनास्लु आरोहण गर्दै नेपालकी पहिलो मारवाडी महिला पर्वतारोही बन्ने कीर्तिमान बनाएकी थिइन्।

उनको पर्वतारोहण यात्रा सन् २०२४ मा लोब्चे इष्ट आरोहणबाट सुरु भएको थियो। त्यसपछि उनले माउन्ट किलीमान्जरो तथा मेरा पिक समेत सफलतापूर्वक आरोहण गरेकी थिइन्।

मारवाडी समुदायका अगुवा तथा शुभेच्छुकहरूले उनको सफलतालाई नेपालका युवापुस्ताका लागि प्रेरणादायी उपलब्धिका रूपमा व्याख्या गरेका छन्। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.