Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

चीनमा ह्वाट्स एप र थ्रेड्समाथि ठूलो कारवाही, सरकारी निर्देशनमा एप्पलले हटायो एपस्टोरबाट

Global IME Bank Limited
चीनमा ह्वाट्स एप र थ्रेड्समाथि ठूलो कारवाही, सरकारी निर्देशनमा एप्पलले हटायो एपस्टोरबाट
Nabil Bank Limited

काठमाण्डौ । एप्पलले चीनमा आफ्नो एपस्टोरबाट मेटा कम्पनीका दुईवटा एप्स हटाएको छ । कम्पनीले एपस्टोरबाट ह्वाट्स् एप र थ्रेड्स हटाएको हो ।  

यी एपहरु चीन सरकारको निर्देशनअनुसार हटाइएको एप्पलले जनाएको छ । चीन सरकारले सुरक्षाका कारण देखाउँदै यी एपहरु हटाउन निर्देशन दिएको थियो । तर एप्पल एपस्टोरमा फेसबुक,इन्स्टाग्राक र मेसेन्जरजस्ता एपहरु भने अझै पनि उपलब्ध छन् । यसका साथै चीनमा युटुब र एक्सपनि उपलब्ध छन् ।  

ह्वाट्स एप र थ्रेड्सका कारण चीनमा कस्ता खाले सुरक्षा जोखिम बढ्यो भन्नेबारे चाहि केहि पनि खुलाइएको छैन । रोयटर्सको रिपोर्टका अनुसार एप्पलले विज्ञप्तीमा उल्लेख गरेको छ,‘चीनको साइबर स्पेस एजेन्सी एडमिनिस्ट्रसनले यी एपहरुलाई हटाउन आदेश दिएको छ । केहि असहमति भएपनि हामी जुन देशमा काम गछौं,त्यहाँको नियमहरु पालना गर्नुपर्ने हुन्छ ।’

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ह्वाट्स एप र थ्रेड्स अन्य देशमा भने उपलब्ध हुने एप्पले स्पष्ट पारेको छ । केहि विज्ञहरुले ह्वाट्स एप र थ्रेडमाथि गरिएको यो कारवाही चीन सरकारको केहि नयाँ नियाहरुका कारण गरिएको हो ।  

नयाँ नियमअनुसार सबै एप्सहरुले चीनमा दर्ता गर्नुपर्ने हुन्छ । यो रजिष्ट्रशनको अन्तिम मिति मार्चमा समाप्त भएको थियो र अप्रिल १ गतेदेखि नयाँ नियम लागू भएको छ । चीनले यस्तो कारवाही गरेको यो पहिलोपटक भने होइन । पहिले पनि एप्पलले चीनमा कयौं एप्सहरु हटाएको थियो ।  

सन् २०१७ मा एप्पलले ‘न्यूयोर्क टाइम्स’को न्यूज एप हटाएको थियो । न्यूयोर्क टाइम्सले चीनको नियम उल्लंघन गरेको भन्दै एप्पलले उक्त एप आफ्नो एपस्टोरबाट हटाएको थियो । गत वर्ष पनि कम्पनीले च्याटजीपीटी जस्ता कयौं एपहरु एपस्टोरबाट हटाएको थियो । -एजेन्सी  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.