Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 06:02:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘ई–सेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

Laxmi Sunrise Bank Limited
‘ई–सेवा ह्याकाथन २०२६’ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
Shivam Cement

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित ‘ई–सेवा ह्याकाथन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । यही जेठ १५ गतेदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो । 

ई–सेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो ।

नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूबीच प्रतिस्पर्धा भएको थियो । सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए ।

ह्याकाथनको निर्णायक मण्डलद्वारा गरिएको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन टोली छनोट गरिएको थियो। यसअन्तर्गत आदित्य कुमार साह तेली र पूजा यादव सदस्य रहेको टोली ‘कन्फ्युजन म्याट्रिक्स’ ले प्रथम स्थान हासिल गर्न सफल भयो । 

Bizshala
New Office
CG Motors

त्यसैगरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय हुन सफल भयो भने इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ ले तृतीय स्थान हासिल गर्यो । ह्याकाथनमा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेको इसेवाले जनाएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ह्याकाथनका प्रतिस्पर्धीहरूको उत्साह तथा उनीहरूले प्रस्तुत गरेका समाधानहरूको मुक्तकण्ठले प्रशंसा गरे । 

Garima Development Bank
Shivam Cement
Bizshala

साथै, उनले ह्याकाथनमा प्रस्तुत भएका समाधानहरूलाई आगामी दिनमा अधिकतम सदुपयोग गर्ने बताए । ‘यहाँ युवाहरूले प्रस्तुत गरेका सिर्जनशील तथा नवप्रवर्तनात्मक समाधानहरूलाई भविष्यमा सदुपयोग गर्दै डिजिटल अर्थतन्त्र र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउन सकिने विश्वास लिएका छौँ । खड्काले भन्नुभयो, “नव प्रतिभाहरूको नवीन डिजिटल समाधान, ऊर्जा र सिर्जनशीलताले नै सुरक्षित र सुदृढ फिनटेक इकोसिस्टमको भविष्य तय गर्नेछ ।’

इसेवाले नवप्रवर्तन संस्कृतिको विकास, उद्यमशीलता प्रवद्र्धन तथा डिजिटल अर्थतन्त्रमा योगदानका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.