Bizshala
  • शुक्रबार, जेष्ठ २२,२०८३ 05:36:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डाउनपेमेन्टबिनै शून्य ब्याजदरमै Honor ब्राण्डका स्मार्टफोन खरिद गर्न मिल्ने, एनआईसी एशिया बैंकर EFIX Nepal बीच सम्झौता

Laxmi Sunrise Bank Limited
डाउनपेमेन्टबिनै शून्य ब्याजदरमै Honor ब्राण्डका स्मार्टफोन खरिद गर्न मिल्ने, एनआईसी एशिया बैंकर EFIX Nepal बीच सम्झौता
Shivam Cement

 काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङ्ग सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र EFIX Nepal का तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे । यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा Honor ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । 

Bizshala
New Office
CG Motors

ग्राहकहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरीआकर्षक स्मार्टफोनहरू खरिद गर्न सक्ने विशेष लाभ हासिल गर्न सक्नेछन् र मासिक किस्तावन्दीका लागि बैंकको पोर्टल instabuy.nicasiabank.com बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ ।

Garima Development Bank
Shivam Cement
Bizshala

साथै, विदेशमा रहेका नेपालीहरूले समेत EFIX Nepal को वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘Cybersource’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन् । यस साइबर सोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.