आईतवार, श्रावण १०,२०८३ 05:31:40
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:31:40
Bizshala
Global IME Bank Limited

इरान युद्धमा इजरायल एक्लिन सक्ने नेतान्हूलाई ट्रम्पको चेतावनी

इरान युद्धमा इजरायल एक्लिन सक्ने नेतान्हूलाई ट्रम्पको चेतावनी
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिनत नेतान्हूलाई चेतावनी दिँदै तनाव थप बढ्दै गएमा इजरायल चाँडै नै इरानविरुद्धको मुद्दामा एक्लिन सक्ने बताएका छन्।

ट्रम्पले इजरायलको च्यानल१२ लाई दिएको एक अन्तर्वार्तामा यस्तो टिप्पणी गरेका हुन्।

इजरायली समाचार संस्थाहरूले सोमबार जनाएअनुसार, नेतन्याहूले आइतबार इरानमाथि आक्रमण गर्ने आफ्नो अन्तिम निर्णयबारे ट्रम्पलाई योजनाको अन्तिम चरणसम्म जानकारी दिएका थिएनन्। यसअघि आइतबार ट्रम्पले नेतन्याहूलाई इरानमाथि प्रतिआक्रमण नगर्न आग्रह गरेका थिए।

इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि इरानले इजरायलमाथि आक्रमण गरेको थियो। च्यानल१२ को रिपोर्टअनुसार, दुवै नेताबीच भएको वार्ता कुनै सहमतिविना समाप्त भएको थियो र नेतन्याहूले आफ्नो अन्तिम निर्णयबारे ट्रम्पलाई जानकारी दिएका थिएनन्।

पछि नेतन्याहूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई आफूले इरानमाथि आक्रमण गर्ने निर्णय गरिसकेको जानकारी दिएका थिए। ट्रम्पले नेतन्याहूलाई इरानसँग जारी आक्रमणहरू पूर्ण युद्धमा रूपान्तरण हुन नदिन पनि सचेत गराएका छन्।

उनले च्यानल १२ सँग भने, ‘मैले नेतन्याहूलाई तपाईले गर्ने प्रत्येक कदममा अत्यन्त सावधानी अपनाउनुपर्छ, किनकि धेरै समय नलाग्न सक्छ जब इरानको सामना गर्दा तपाईले एक्लै पर्न सक्नुहुन्छ भने ।’ 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.