मंगलवार, असार १७,२०८२ 05:46:33
  • मंगलवार, असार १७,२०८२ 05:46:33
Global IME Bank Limited

गुराँस लघुवित्तको नाफामा उछाल, खराब कर्जामा उस्तै सुधार

Hyundai Nepal
गुराँस लघुवित्तको नाफामा उछाल, खराब कर्जामा उस्तै सुधार
Nabil Bank Limited

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमीटेडको नाफामा उछाल आएको छ ।  

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ७७ लाख २८ हजार खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा २ लाख ४७ हजार रुपैयाँमा सीमित थियो ।  

अघिल्लो वर्षको यही अवधिसम्म १३ लाख ८२ हजार सञ्चालन घाटामा रहेको यो लघुवित्त समीक्षा अवधिमा भने  ७९ लाख ७६ हजार सञ्चालन नाफामा गएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याएको रकमबाट ४३ लाख हाराहारीमा राइटब्याक गर्दा कम्पनीको नाफामा उछालको अवस्था देखिएको हो ।  

समीक्षा अवधिमा यो लघुवित्तले २ करोड ८९ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी  २ करोड २४ लाख रुपैयाँमा सीमित थियो ।  

कम्पनीले विषम अवस्थामा समेत खराब कर्जाको अनुपात घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म ४.२७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ३.७५ प्रतिशतमा सीमित भएको देखिएको छ ।  

समीक्षा अवधिमा यो लघुवित्तको प्रतिसेयर आम्दानी(वार्षिकीकृत) १५.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.६० गुणा, प्रतिसेयर नेटवर्थ १२९.६७ रुपैयाँ र तरलता अनुपात ८.२४ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.