आईतवार, श्रावण १७,२०८३ 05:07:57
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 05:07:57
Bizshala
Global IME Bank Limited

अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार सन् १९८३ पछिकै न्यून स्तरमा

अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार सन् १९८३ पछिकै न्यून स्तरमा
New Office

काठमाण्डौ । अमेरिकाको स्ट्रेटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) मा रहेको कच्चा तेलको मात्रा ३४०.३ मिलियन ब्यारेलमा झरेको छ, जुन सन् १९८३ पछिकै सबैभन्दा न्यून स्तर हो। अमेरिकी ऊर्जा विभागका अनुसार यो गिरावट सोमबार सार्वजनिक गरिएको तथ्यांकमा देखिएको हो।

हालैको तथ्यांकअनुसार भण्डारबाट ८.९ मिलियन ब्यारेल तेल झिकिएको छ, जुन इतिहासकै तेस्रो ठूलो एकल गिरावटमध्ये एक हो। यो गिरावट अमेरिकी सरकारद्वारा गरिएको १७२ मिलियन ब्यारेल तेल ‘लोन’ कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ, जसको उद्देश्य इन्धनको बढ्दो मूल्यलाई नियन्त्रण गर्नु हो।

विश्लेषकहरूका अनुसार इरानसँगको युद्धपछि आपूर्ति श्रृंखला प्रभावित हुँदा अमेरिकी कच्चा तेल भण्डारमा तीव्र गिरावट आएको हो। विशेष गरी निर्यात र रिफाइनरी माग उच्च रहँदा बजारमा आपूर्तिको दबाब बढेको छ।

हालै अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सहमति भएपछि विश्व बजारमा तेल मूल्य घट्न थालेको छ। यो जलमार्ग विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुने अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ।

अमेरिकाको प्रमुख तेल भण्डारण केन्द्र कुशिङमा पनि तेलको मात्रा २१.६ मिलियन ब्यारेलमा झरेको छ, जुन सञ्चालनका लागि न्यून स्तर नजिक पुगेको बताइएको छ। यसले आपूर्ति जोखिम बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

अमेरिकी ऊर्जा विभागले तेल लोन प्रणाली अन्तर्गत कम्पनीहरूले उधारो लिएको तेलभन्दा बढी मात्रा फिर्ता गर्ने व्यवस्था रहेको जनाएको छ। यसले करदातामाथि अतिरिक्त लागत नपर्ने दाबी गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.