काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन भन्दै पुर्जी जारी गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा जानकारी लिनुपर्ने भएकाले जयवीर देउवालाई विभागमा उपस्थित हुन भनिएको हो। विभागले जारी गरेको पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको छ।
यसअघि विभागले जयवीरका बुबा शेरबहादुर देउवा तथा आमा आरजु राणा देउवालाई पनि अनुसन्धानका क्रममा बोलाइसकेको थियो। देउवा दम्पतीले भने विभागलाई साउन मसान्तसम्ममा उपस्थित हुने जानकारी गराएका थिए।
विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

