शनिबार, श्रावण २,२०८३ 09:17:03
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:17:03
Bizshala
Global IME Bank Limited

गोविन्दबहादुर कार्की नियुक्त भए नयाँ मुख्यसचिव

गोविन्दबहादुर कार्की नियुक्त भए नयाँ मुख्यसचिव
New Office

काठमाण्डौ । सरकारले सचिव गोविन्दबहादुर कार्कीलाई नेपालको नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ। वर्तमान मुख्यसचिव सुमनराज अर्याल उमेर हदका कारण शुक्रबार अवकाशमा जान लागेपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको जानकारी दिएका हुन्।

जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले गत मंसिर ८ गते सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो। सचिवको पाँच वर्षे कार्यकाल पूरा हुनुभन्दा करिब दुई महिना अगावै अर्याललाई मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।

२०७७ माघ १९ गते सचिव बनेका अर्याल ५८ वर्षे उमेर हदका कारण शुक्रबार सेवाबाट अवकाश पाउँदैछन्। मुख्यसचिवमा नियुक्ति नभएको भए उनी २०८२ माघ १९ मै सचिव पदबाट अवकाश हुने अवस्थामा थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.