काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कमलादीमा रहेको बैंकको कर्पोरेट कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा दरभाउ समेत उल्लेख गर्नुपर्नेछ । सबैभन्दा बढी दरभाउ तोक्ने आवेदकलाई सेयर बिक्री गरिने बैंकले सूचनामा उल्लेख छ ।

