काठमाण्डौ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।
बुधबारको कारोबारका लागि सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो। अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४४ हजार १७० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ रहेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३६० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढाव र विदेशी मुद्रा विनिमय दरमा हुने परिवर्तनले नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्य प्रभावित हुने गर्छ।

