काठमाण्डौ । लगातार ५ दिनदेखि घटिरहेको सुनको भाउमा ब्रेक लागेको छ । शुक्रबारको कारोबार तोलामा २७ सय रुपैयाँले बढेसँगै सुनको ओरालो यात्रामा पूर्णविराम लागेको हो ।
नेपाल सुुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ तय भएको छ ।
अघिल्लो दिन भने २४ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँको स्तरमा झरेको थियो ।
आज १० ग्राम सुनको भाउ २ लाख ४६ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७० रुपैयाँले महङ्गिएको छ । जसपश्चात आज चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँ कायम भएको छ ।

