बुधबार, श्रावण १३,२०८३ 02:10:25
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:10:25
Bizshala
Global IME Bank Limited

सुनसरी तनावपछि ९ दलको ७ बुँदे अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

सुनसरी तनावपछि ९ दलको ७ बुँदे अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
New Office

 

काठमाण्डौ । सुनसरीलगायत विभिन्न जिल्लामा विकसित तनावपूर्ण घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै नौ राजनीतिक दलले शान्तिपूर्ण संवाद, सामाजिक सद्भाव र सहमतिका लागि सातबुँदे संयुक्त अपिल जारी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि दलका प्रमुख तथा प्रतिनिधिहरूले संयुक्त अपिल जारी गरेका हुन्।

अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि राजनीतिक दलहरू एकताबद्ध रहेको उल्लेख गरिएको छ। उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धतासमेत दलहरूले जनाएका छन्।

दलहरूले सदियौँदेखि नेपाली समाजमा कायम पारस्परिक भाइचारा र सामाजिक सद्भाव भड्काउने गतिविधिबाट टाढा रहन नागरिकलाई आग्रह गरेका छन्। आवेग, उत्तेजना र मुठभेडले समस्या समाधान गर्नुको सट्टा अवस्था थप जटिल बनाउने भन्दै संयम अपनाउन अपिल गरिएको छ।

बैठकले संवादलाई केन्द्रमा सीमित नराखी प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्नुपर्ने निष्कर्ष निकालेको छ। त्यसका लागि पार्टीका तल्ला कमिटीलाई तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न निर्देशन दिइएको छ।

स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज, स्थानीय प्रशासन र सरोकारवाला पक्षलाई जोडेर सामाजिक सद्भाव कायम गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा पनि दलहरूले जोड दिएका छन्।

संवेदनशील परिस्थितिमा सामाजिक सञ्जालमार्फत अपुष्ट, उत्तेजक तथा भ्रामक सामग्री प्रसार नगर्न नागरिकलाई आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई पनि तथ्य पुष्टि गरेर संयमित र जिम्मेवार सूचना सम्प्रेषण गर्न अपिल गरिएको छ।

संयुक्त अपिलमार्फत दलहरूले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भएको स्मरण गराएका छन्। परिस्थितिलाई तत्काल सामान्य बनाउन संयमित र प्रभावकारी कदम चाल्न, घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

त्यस्तै, घटनाबाट पीडित व्यक्ति तथा परिवारलाई उचित राहत, उपचार र क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ।

दलहरूले धार्मिक, सामाजिक वा राजनीतिक मतभेदलाई हिंसा र मुठभेडतर्फ लैजान नहुने स्पष्ट पार्दै समस्या समाधानको मुख्य माध्यम शान्तिपूर्ण संवाद, सहकार्य र सहमति नै भएको बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.