काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुसअनुसार बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८ करोड ८ लाख २० हजार रुपैयाँको तुलनामा करिब ८६.१९ प्रतिशतको वृद्धि हो।
यद्यपी बैंकको खुद ब्याज आम्दानी भने केही घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २३ करोड ४५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर २३ करोड ३४ लाखमा सीमित बनेको छ । यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ४ करोड २३ लाख, खुद सञ्चालन आम्दानी ४७ करोड ४७ लाख र सञ्चालन मुनाफा २४ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६९ लाख रुपैयाँले रिर्भसल भएको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा निकै सुधार आएको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्म १०.६५ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा घटेर ६.१५ प्रतिशतमा झरेको छ।
यद्यपी बैंकको रिटेन्ड अर्निङ भने ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । रिजर्भ भने ३४ करोड ५३ लाखबाट बढेर ४४ करोड ८० लाख पुगेको छ ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा ५५ करोड ८८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
व्यावसायिक कारोबारका हिसाबले बैंकले असार मसान्तसम्म ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब १ करोड ८३ लाख रुपैयाँको तुलनामा बढी हो। त्यसैगरी निक्षेप सङ्कलन पनि ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट उल्लेख्य रूपमा बढेर ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ, तरलता अनुपात ३९.४१ प्रतिशत, मूल्य आम्दानी अनुपात ४०.४८ गुणा र पूँजी कोष अनुपात ११.२९ प्रतिशत रहेको छ।

