शुक्रबार, श्रावण १५,२०८३ 12:15:37
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 12:15:37
Bizshala
Global IME Bank Limited

सुनसरी घटनाबारे सरकार गम्भीर छ, निष्पक्ष छानबिन हुन्छ: गृहमन्त्री गुरुङ

सुनसरी घटनाबारे सरकार गम्भीर छ, निष्पक्ष छानबिन हुन्छ: गृहमन्त्री गुरुङ
New Office

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले सुनसरीमा हालै भएको द्वन्द्व र झडपका घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्। घटनास्थल पुगेका गृहमन्त्री गुरुङले घाइते तथा मृतक परिवारसँग भेट गर्दै नागरिकको सुरक्षा र न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

गृहमन्त्री गुरुङले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा उच्च रहेको उल्लेख गर्दै जनताका मागलाई सरकारले बेवास्ता नगर्ने बताए। विगतमा भएका माग सम्बोधन र छानबिन प्रक्रियाप्रति नागरिकमा असन्तुष्टि रहेको भए पनि यसपटक निष्पक्ष ढंगले काम गरिने उनको भनाइ थियो।

‘पहिला धेरै पटक माग गर्दा पूरा नभएको र छानबिन पनि निष्पक्ष नभएको गुनासो थियो, तर यसपालि त्यस्तो हुँदैन। हामीलाई विश्वास गरेर पठाएका नागरिकलाई निराश बनाउने काम हुँदैन,’ गृहमन्त्री गुरुङले भने।

स्थानीयले दर्ता प्रक्रियाबिना ठूलो लगानीमा मस्जिद तथा मदरसा निर्माण भएको र राज्यको निगरानी कमजोर रहेको विषय उठाएपछि गृहमन्त्री गुरुङले विगतका कमजोरीको समीक्षा गर्दै आगामी दिनमा प्रभावकारी निगरानी गरिने बताए।

‘सरकारमा आएको भर्खर तीन महिना भएको छ। विगतमा के भयो र कसले निगरानी गरेन भन्ने विषय पुरानो जिम्मेवारी हो। तर अब यस्ता विषयमा सरकारले आवश्यक ध्यान दिनेछ,’ उनले भने ।

घटना भएको केही दिनपछि मात्रै आफू सुनसरी पुगेको विषयमा स्पष्ट पार्दै गृहमन्त्री गुरुङले सुरक्षा व्यवस्थापन र देशका अन्य क्षेत्रमा समेत शान्ति कायम राख्न पूर्वतयारी गर्नुपर्ने भएकाले समय लागेको बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.