Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार

Hyundai Nepal
आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारको विषयमा एउटा मात्रै बुँदा अटाएको छ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्राथमिकतामा राख्दै यसअघि विभिन्न संघ संस्थाहरुबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने जनाइएको थियो ।  

वर्षमान पुनले अर्थमन्त्री बने लगत्तै धितोपत्र बोर्ड , नेप्से ,सीडीएससी , विभिन्न लगानीकर्ताका सघं , ब्रोकर तथा मर्चेण्ड बैंकहरु जस्ता सरोकारवाला निकायबाट पूँजी बजारको सुधारका लागि सुझाव मागेका थिए । उक्त आह्वान अनुसार नेपाल स्टक एक्सचेञ्जले एक शुत्रिए सुझाव दिएको छ । नेप्सेले अबिलम्ब नेप्सेको पुनर्संचना गर्नुपर्ने सुझाव दिएको नेप्सेका प्रवक्ता मूराहरि पराजुलीले जानकारी दिए ।  

नयाँ स्टकको बिषयमा यस अघि नै चिन्तामणी शिवाकोटिको  संयोजकत्वमा बनेको ३ सदस्य समितिले नयाँ स्टक एक्सचेञ्जको बाटो खोल्ने गरि सुझाव दिएको थियो । आगामी बजेटमा पूँजी बजारसम्बन्धी के–कस्ता सुझाव परेको छन् भन्ने बारे जिज्ञाशा राख्दा अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले आफूहरुले विभिन्न सामाजिक सञ्जालहरु, इमेल तथा अन्य माध्यमबाट पनि सुझाव संकलन गरको जानकारी दिए ।  

Shivam Cement
Sagarmatha Cement

खत्रीले भने,‘ हामीले सामाजिक सञ्जाललाई पनि समेट्दै विभिन्न माध्यबाट आएका सुझाव लिएका छौ । यसरी लिइएका सुझाबहरुलाई मनन् गरेर बजेटमा समेट्ने प्रयास हुनेछ ।’

सरकारले बजेट बनाउने क्रममा पूँजीबजारका विषयमा पनि विभिन्न नियामक निकाय बाट सुझाव लिने गरेको छ । लगानीकर्ताहरुले यस अघि नै सरकारलाई ८५ बुँदे सुझाव बुझाईसकेका छन् ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.