सोमबार, भाद्र ९,२०८२ 03:40:02
  • सोमबार, भाद्र ९,२०८२ 03:40:02
Global IME Bank Limited

गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर

Hyundai Nepal
गोरखा मिडियाको नामै किटेर तयार भयो संसदीय छानबिन समितिको टीओआर
Shivam Cement

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी तथा संस्थाहरुमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमको अवस्थाको विषयमा खोजबिन गरी दोषीमाथि कारबाही गर्ने लगायत ४ बुँदे टीओआर(कार्यादेश)सहित संसदीय छानबिन समिति गठन हुने भएको छ। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सोमबारदेखि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारीको रकम हिनामिनाबारे अध्ययन गर्न संसदीय छानबिन समिति बनाउने तीव्र प्रयासहरु जारी थिए । ती प्रयासहरुलाई निश्कर्षमा पुर्याउँदै ४ बुँदे कार्यादेशसहित संसदीय छानबिन समिति बनाउने निर्णय भएको हो ।  

छानबिन समितिको टीओआर बनाउन गठित कार्यदलको बैठकले रवि लामिछानेको नाम उल्लेख नगरी उनी प्रबन्ध निर्देशक रहिसकेको गोरखा मिडियाको नाम राखेर टीओआर तयार गरेको हो ।  

कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको हो ।  

सात सदस्यीय विशेष समितिले सहकारीको रकम अपचलन र भएका फट्याईहरुको विषयमा ३ महिनाभित्र छानबिन गरी प्रतिवेदन तयार पार्नेछ ।  

समितिले तयार गरेको टीओआर निम्नानुसार छः

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.